Sun. Apr 14th, 2024

एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी सर्वसम्मत

धादिङ– नेपाल कम्युनिष्ट पार्टी एमाले धादिङको अध्यक्षमा भुमी त्रिपार्ठी सर्वसम्मत भएका छन् । धादिङबेसीमा जारी एमाले धादिङको ८औँ जिल्ला अधिेशनबाट त्रिपाठी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

मतदानका लागि शनिबार भएको मनोनयनमा अध्यक्ष पदका लागि त्रिपाठीको मात्रै उम्मेदवारी परेको हो । संघीय सांसद समेत रहेका त्रिपाठी निवर्तमान अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा धनबहादुर घले, उमेश कुमार थापा र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । घले संविधानसभा सदस्य हुन् भने श्रेष्ठ निवर्तमान जिल्ला कमिटि सचिवालय सदस्य हुन् ।

सचिवमा हरिराम लोहनी, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ को उम्मेदवारी परेको छ । लोहनी निवर्तमान जिल्ला कमिटि सचिवालय सदस्य हुन्  भने गोर्खाली निवर्तमान जिल्ला कमिटि सचिव हुन् ।

अध्यक्षमा सर्वसम्मत भएर उपाध्यक्ष ३ र सचिवमा २ जनाको उम्मेदवारी परेको भएपनि अन्य पदमा उम्मेदवारी दिनेको संख्या ठूलो छ । उपसचिवमा मात्रै १२ जनाको उम्मेदवारी परेको निवर्तमान जिल्ला कमिटि सदस्य भरत ढुंगानाले जानबारी दिए । सदस्यहरुमा पनि अनियन्त्रित रुपमा उम्मेदवारी परेको छ ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: