Fri. Mar 29th, 2024

विद्यालयमा भौतिक कक्षा बन्दको तयारी, मन्त्रालयको बैठक बस्दै

काठमाडौँ – कोभिड १९ को संक्रमण बढेसँगै सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ।

जनस्वास्थ्यविद्हरूको रायअनुसार आइतबारमात्र कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेरमात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सीसीएमसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ।

सीसीएमसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेको भनी स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा विद्यालय बिदा दिन सिफारिस गरिएको बताइन्।

सीसीएमसीले शिक्षा मन्त्रालयमार्फत निर्णय गराएर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै प्रदेश र स्थानीय तहलाई सिफारिस गर्न भनेको हो।

About The Author

Loading...

अन्य समाचारहरु: