Thu. Mar 28th, 2024

अधिकार प्राप्तीको माग गर्दै धादिङका खाद्य अधिकार प्रभावितहरु संगठित

धादिङ– धादिङको विभिन्न भू–भागमा बसोबास गर्दै आएका खाद्य अधिकार प्रभावितहरु संगठित भएका छन् । नेपालको संविधानमा खाद्य अधिकार सम्बन्धी हक स्पष्ट उल्लेख भएपनि अधिकार पाउनबाट बञ्चित समुदाय संगठित भएका हुन् ।

संविधानमा उल्लेखित अधिकार पाउनुपर्ने कुरा उठाउँदै धुनीवेसी नगरपालिका–७ गर्दुमका तामाङ समुदाय र धुनीवेसी नगरपालिका–९ जुगेडीका राई समुदयले संघर्ष समिति नै गठन गरेका छन् । गजुरी गाँउपालिका–२ चामबासका तामाङ समुदाय र गजुरी गाँउपालिका–३ पुराकसिङका चेपाङ र तामाङ समुदायले पनि समिति बनाएका छन् ।

संविधानको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३० मा स्वच्छ वातावरणको हक, धारा ३६ खाद्य सम्वन्धी हक, ३७ मा आवासको हक र रोजगारीको हक उल्लेख भएपनि समुदायले खाद्य सम्वन्धी हक र आवासको हक नपाएका कारण अधिकार प्राप्तीका लागि संगठित भएको बताएका छन् ।

धुनीवेसी नगरपालिका–९ दुगड समूहले यूनाइटेड उद्योग सञ्चालनमा ल्याएपछि स्थानीय धुवाँधुलोबाट प्रभावित छन् । तरकारी पकेट क्षेत्र र मानव बस्तीमा उद्योग सञ्चालनले कृषि वाली, पशुपंक्षीको स्वास्थ्य र मानव स्वास्थ्यमा असर पु¥याएकाले उनीहरुसँग अधिकार माग गर्न समूह गठन गरिएको जुगेडी खाद्य अधिकार प्रभावित समूहकी संयोजक रमा राईले बताइन् ।

यसै गरी धुनवेसी नगरपालिका–७ गुर्दुमाका ६५ परिवारलाई स्वच्छ खानेपानी अभाव हुदाँ खानेपानी जोहो गर्न राती ११÷१२ पनि धारोमा पालो बस्नु पर्ने भएकाले स्वच्छ र पर्याप्त पिउनेपानी पाप्तीका लागि गुर्दुम खाद्य अधिकार प्रभावित समूह गठन गरेको संयोजक नरेन्द्र तामाङले बताए ।

यसैगरी गाजुरी गाँउपालिका–२ चामबास ब्राहबिसेको वस्तीमा २०७६ भदौ १७ गतेको अविरल वर्षाका कारण बस्ती भाँसिएको, विस्थापित भई बस्नु परेको र विपद व्यवस्थापन समिति धादिङले बस्ती सार्न सिफारिस गरेको र खानी तथा भुगर्भ विभागले भाँसिएको ठाँउको स्थलगत अध्यायन अवलोकन गरी बस्न योग्य छैन भनेपनि हालसम्म बस्ती नसारिएकाले सुरक्षित आवासको प्राप्तीका लागि संगठित भएको चामबास बाह्रबिसे खाद्य अकिार प्रभावित समूह गठन गरेको संयोजक हर्कमान तामाङले बताए ।

गजुरी गाँउपालिका –३ पुराकसिङका चेपाङ र तामाङ समुदाय लामो समयदेखि खुम्रेकिराको प्रकोपका कारण हरेक वर्ष मकै वा कोदो वाली मध्ये एक वाली खुम्रेकिराले नोक्सानी पु¥याएका कारण खाद्यन्न अभाव हुदाँ खाद्य अधिकारबाट हनन् भएकाले पुराकसिङ खाद्य अधिकार प्रभावित समूहमा संगठित भएको संयोजक विमल चेपाङले बताए ।

स्थलगत रुपमा समुदायसंग छलफल तथा अन्तरक्रिया गरी मुख्य सवालको दस्तावेजिकरण गरी समुदायलाई जानकारी गराएकोे फियान नेपालका फिल्ड अधिकृत राजेन्द्र बस्नेतले बताए । समुहमा रहेका सदस्यहरुलाई खाद्य अधिकार अवधारण तथा कानूनी प्रावधान सम्वन्धी क्षमता विकास तालिम र श्रोत नक्शांकन तथा सरोकारवाला पहिचान गरिसकिएको पनि बस्नेतले जानकारी दिए ।
अव समूह परिचालन, जनवकालत तथा पैरवी, नेतृत्व विकास सम्वन्धी तालिम सञ्चालन गरेर समूदायको क्षमता अभिवृद्धि गरी जसको सवाल, उसैको नेतृत्व अनुसार समूदायलाई सेवा प्रदायक तह तथा निकायसम्म पु¥याई जनवकालत मार्फत सवाल सम्वोधन कार्यमा जनवकाल गरिने कार्यक्रम रहेको फिल्ड अधिकृत बस्नेतले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: