Wed. May 25th, 2022

मुग्लिङ नजिकै जीप त्रिशुलीमा खस्यो, चालकसहित सातजना घाइते

मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिकामा मुग्लिन नजिकै जीप दुर्घटना भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डको ३ नम्बर पुल नजिकैबाट स्कोरपियो जीप त्रिशुली नदी किनारमा खसेको हो ।

नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा.१३च४३६५ नम्बरको जीप सडकबाट ६० मिटर तल त्रिशुली नदीको किनारामा पुगेको छ । जीपमा रहेका चालकसहित ७ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाइएको छ ।

Loading...

अन्य समाचारहरु: