Thu. Apr 18th, 2024

धादिङमा गोरु जुधाइको रौनक (फोटो फिचर)

शंकर श्रेष्ठ
धादिङ
– माघे संक्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । कोरोना महामारीले घोषित कार्यक्रम नभएपनि धादिङको मैदी, धुवाकोट, खाल्टे लगायतका स्थानीयले गोरु जुधाए ।

गोरुको घम्साघम्सीमा काले, तारे, फुच्चे, लाहुरे, फुर्के, बर्ने, जोवाने जस्ता अनेकौं नाम गरेका गोरुहरु यो पटक मैदानमा देखिए । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ ।

पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइदै आएको छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शक थिए । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्काे पक्षकाले जितेको ठहरिन्छ ।

झण्डै डेढ सय वर्षको इतिहास बोकेको नुवाकोटस्थित तारुकाको ‘गोरु जुधाई’ विस्तारै स्थानीय मनोरञ्जनको घेराबाट फैलदै छ । गाउँलेले आ–आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन् । गोरु जुधाइमा विजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन् । एक महिनाअघि नै रिहर्सलमा सबैले आफ्ना बलवान गोरु देखाउन ल्याउँछन् । कुन साँढे कुनसँग जुधाउने, उमेर र साइज निक्यौल गरिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: