Wed. May 25th, 2022

चन्द्रागिरिमा चक्कु हानेर एकको हत्या

काठमाडौ –

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् ।

महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘दाइलाई चाहिँ सोमबार पक्राउ गरेर ल्याएका हौं’ उनले भने ।

प्रहरीका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।

उनीहरुबीच यसअघि पनि झगडा भएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘घटनाको कारणबारे अनुसन्धान जारी छ,’ डीएसपी पाण्डे भन्छन्, ‘अनुसन्धानका क्रममा थप कसैको संलग्नता खुले उनीहरु पनि पक्राउ पर्छन् ।’

Loading...

अन्य समाचारहरु: