Thu. Mar 28th, 2024

बागमति प्रदेशलाई हराउँदै नेपाल पुलिस फाइनलमा

काठमाडौ –

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी२० राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बागमति प्रदेशलाई ५० रन हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतिमा १५५ रन जोड्यो।

पुलिसका लागि ओपनर पवन सराफले ५९ रन जोडे। उनले ५४ बलमा ३ चौका र ३ छक्का हिर्काए। अ

निलकुमार साहले २५ र नर दिलिप नाथले १६ बलमा नटआउट ३१ रन जोडे।

बलिङमा बागमतिका नन्दन यादव र रिजन ढकालले २–२ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको बागमतिले ८ विकेटको क्षतिमा १०५ रन मात्र जोड्न सक्यो।

बामगतिका लागि अदिल खानले २७ रन र कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान दिए। रिजन ढकालले नटआउट १५ रन र रामनरेश गिरीले नटआउट २२ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा पुलिसका दीपेन्द्रले ५ विकेट लिए। प्लेयर अफ दि म्याच दीपेन्द्रले ४ ओभरमा १० रन मात्र खर्चिए। सागर ढकालको नाममा २ विकेट रह्यो।

About The Author

Loading...

अन्य समाचारहरु: