Fri. Apr 19th, 2024

लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी

काठमाडौ –
कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ । बिहीबार बस्ने आयोगको नियमित बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं, अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको छ ।’

लोक सेवा आयोगका कर्मचारीहरुमा पनि दिनहुँजसो कोरोना संक्रमण पुष्टि हुन थालेपछि आयोग दबाबमा छ । त्यसैले बिहीबारको आयोगको बैठकको एजेण्डामा परीक्षा स्थगितको विषय पनि समावेश गरिएको आयोगका एक सदस्यले बताए ।

आयोगले हाल संगठित संस्थाहरुको परीक्षा सञ्चालन गरिरहेको छ । अब उपसचिवको परीक्षाको पनि तयारी भइरहेको छ । यही माघ ११ गतेदेखि तय गरिएको उपसचिवको परीक्षा स्थगित गर्ने विषयमा आयोगमा छलफल भइरहेको छ ।

हाल देशभर कोरोना संक्रमणको दर बढेको छ । दैनिक थपिने नयाँ संक्रमितको झण्डै आधा संख्या काठमाडौं उपत्यकामा छ । सरकारी कार्यालयका कर्मचारीहरु पनि संक्रमित हुन थालेपछि कतिपय कार्यालयहरुले सेवा कटौती गरेका छन् । उपत्यकाका काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा स्थगित गरिसकेका छन् ।

तर जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका आदेशमा परीक्षा सञ्चालनमा रोक लगाइएको छैन ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले यही माघ ४ गते जारी गरेको नयाँ आदेशमा विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सन्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने उल्लेख छ ।

About The Author

Loading...

अन्य समाचारहरु: