Fri. Mar 29th, 2024

नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो मात्रै खुल्ने

मुग्लिन– पहिरोले रातीदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो मात्रै खुल्ने भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो नजिक सुख्खा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन अझै केही घण्टा लाग्ने मुगलिन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरु र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: