
काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन विद्यार्थी संगठन संघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निःशुल्क गर्न माग गरेको छ।
शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेका हुन्।
‘पीसीआर परीक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ।
स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएर सरकारी अस्पतालमा ८०० रुपैयाँ र निजी अस्पताल तथा ल्याबहरुले १५०० रुपैयाँ शुल्क तोकेको छ।
यसअघि सरकारीमा १००० रुपैयाँ र निजीमा २००० रुपैयाँ शुल्क तोकिएको थियो।
Loading...