Thu. Mar 28th, 2024

१० घण्टापछि खुल्यो नारायणगढ–मुग्लिङ सडक

चितवन – सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि दुई तर्फी बाटो खुलेको हो ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला नास्सी पुल नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हतार नगरी यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: