Wed. May 25th, 2022

निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय कार्यान्वयनको अन्तिम चरणमा छ: मन्त्री खनाल

धादिङ– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता कृष्ण प्रसाद शर्मा खानालले निशुल्क प्राविधिक शिक्षा कार्यक्रम चालु आर्थिक वर्षबाटै सुरु हुने बताएका छन् ।

सामुदायिक विद्यालयमा एसईईसम्म अध्ययन गरेका महिलाहरूले प्लस टु, स्नातक र स्नातकोत्तरसम्म अध्ययन गर्न चाहेमा निःशुल्क पढाउने निर्णय भएअनुसार अन्तिम तयारी भइसकेको बताए ।

बागमती प्रदेशको १ सय १९ वटै स्थानीय तहका गरिब, दलित, लोपोन्मुख, सिमान्तकृत समुदायका नागरिकले प्राविधिक शिक्षा पढ्न चाहेमा प्रदेश सरकारले निःशुल्क पढाउने मन्त्रिस्तरीय निर्णय कार्यान्वयनको अन्तिम चरणमा पुगेको मन्त्री खनालने बताए । हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका मन्त्री खनाल धादिङ आएको बेला शुक्रबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलन गरेको हो ।

श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिँदै विद्यालयलाई दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा स्थापित गराएर प्राविधिक शिक्षामा पनि फरकपन दिन लागिएको जानकारी दिए ।

प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यक पर्ने शिक्षालाई प्राथमिकता दिएर सरकार अघि बडिरहेको पनि मन्त्री खनालले स्पष्ट पारे ।

Loading...

अन्य समाचारहरु: