Fri. Mar 29th, 2024

स्थगित भएका त्रिविको परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने

काठमाडौ – कोभिड– १९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि सञ्चालन हुने भएका छन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने आठ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक गरेको उनले बताए ।

कार्यालयले वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको चार वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार परीक्षा अपरान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछन् ।
वार्षिक प्रणालीअन्तर्गतको कानुन संकायतर्फ तीन वर्षे एलएलबी प्रथम वर्षको नियमित ९नयाँ पाठ्यक्रम० परीक्षा र तेस्रो वर्षको नियमिततर्फको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

फागुन २ गतेदेखि तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षा अपरान्ह १२ बजेदेखि हुनेछ । फागुन २ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा सञ्चालन हुनेछ । उक्त परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म चल्नेछ ।

फागुन ९ गतेबाट ४ वर्षे वीएफए चौथो वर्षको पूरा तथा आंशिक तर्फको परीक्षा हुनेमा बिहान ७ बजेदेखि बिहान १० सम्म सञ्चालन हुनेछ ।

फागुन १३ गतेदेखि शिक्षा संकाय तथा मानविकी तर्फको तीन वर्षे स्नातक तह तेस्रो वर्ष नियमित, आंशिक तथा प्राइभेटतर्फको परीक्षा कार्यालयले जनाएको छ । परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

फागुन १३ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको स्नातक तह प्रथम वर्ष नियमिततर्फको स्थगित परीक्षा सञ्चालन हुनेछ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म र मानविकीतर्फको परीक्षा अपरान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ

About The Author

Loading...

अन्य समाचारहरु: