Fri. Mar 29th, 2024

पिरो करेन्टको तड्का – एक वर्षमा चार अर्बको कारोबार

बुटवल – बुटवलका महेश श्रेष्ठ चाउचाउका पारखी हुन्। हतार भएका बेला उमालेर र काँचै खान पनि मिल्ने भएकाले दिउँसोको खाजामा चाउचाउ नै उनको रोजाइ हो।
स्कुल पढ्दादेखि एकैखाले चाउचाउले खाजा टारिरहेका उनको स्वाद अहिले भने फेरिएको छ। उनी पिरो चाउचाउ रूचाउन थालेका छन्।

बजारमा कोरियन पिरो चाउचाउ आएपछि महेश त्यसकै स्वादमा भुलेका थिए। अहिले नेपालमै उत्पादित चाउचाउको पिरो स्वादमा रमाएका छन्। करेन्टु चाउचाउको हट एन्ड स्पाइसीु ले उनलाई स्वाद र बजेट दुवैमा सन्तुष्ट बनाएको छ।

कोरियन चाउचाउ महँगो थियो। एक प्याकेट २२५ रूपैयाँसम्म पर्ने, महेशले भने, उस्तै स्वादिलो र स्पाइसी नेपाली चाउचाउ ५० रूपैयाँमा पाएपछि किन विदेशी खानु डल्ले खुर्सानीको पिरो जिब्रोमा ट्वाक्क, स्वादै बेग्लै

महेश देशभरका करेन्ट चाउचाउप्रेमी उपभोक्ताका प्रतिनिधि मात्र हुन्। अहिलेका युवापुस्ताले चाउचाउमा नाम लिने नामै भइसक्यो करेन्ट।

यो चाउचाउ बजारमा पठाउने युवाहरू चाहिँ कमल मालपानी, चुन्नु पौडेल, नरिश्वर पौडेल, श्रवण बेरिवाल, मधु घिमिरे, ऋषि भण्डारी हुन्। उनीहरूलाई अरू केही साथीले पनि सघाएका छन्।

उनीहरूले पाँच वर्षपहिले रूपन्देहीको तिलोत्तमा पत्थरडाँडामा यशोदा फुड्स प्राइभेट लिमिटेडु सञ्चालन गरेका थिए। त्यसबाट लालीु ब्रान्डको चाउचाउ उत्पादन गरेर काम थाले। विभिन्न नामका चाउचाउसँगै कम्पनीले भुजिया, चिजबल्स, कुरकुरे थप्दै लग्यो।

About The Author

Loading...

अन्य समाचारहरु: