पोखरा– पोखरामा बर्डफ्लुको संक्रमण फेला परेको छ । कुखुरा मर्न थालेपछि परीक्षण गर्दा पोखरा – १५ र १७ गरी २ स्थानमा संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रयोगशालाको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो । रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पंक्षीजन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा.गृष्म न्यौपानेले जानकारी दिए ।