Fri. Apr 19th, 2024

हँसाउदै र नचाउदै कलाकार टोली धादिङमा (फोटो सहित)

hasdai nachaudai 1

सरिता श्रेष्ठ, धादिङ –  विनाशकारी भुकम्पले प्रभावित धादिङ जिल्लामा चर्चित गायिका कोमल ओलीले साँगितिक प्रस्तुती मार्फत बालबालिका तथा अभिभावकको मुहारमा उज्यालो बनाएका छन् । साँगितिक प्रस्तुती मार्फत हँसाउदै र नचाउदै विभिन्न प्रस्तुतीहरु पस्किदा विद्यार्थीहरु रमाइलो मानि मानि ओलीसँगै उफ्रिएका थिए ।

hasdai nachaudai 2

‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ गीत तथा बैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि बालबालिबाहरुमा परेको मनोवैज्ञानिक त्रास हटाउन गीतहरुमा विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

hasdai nachaudai 3

त्यस्तै ”पारि त्यो डाँडामा हेर, घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाऊँ न गायक काली प्रसाद बास्कोटाले यी गीतहरु गाउदै गर्दा विद्यार्थीहरु उनैको नजिक झुम्मिएका थिए । विद्यार्थीहरुको वान्स मोर आएपछि गायक बास्कोटाले दोहो¥याएर गीत गाएका थिए ।

hasdai nachaudai 4

कार्यक्रममा चर्चित हाँस्य कलाकारहरु जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’ गायक सन्तोष लामा लगायतले पनि विद्यार्थीहरुलाई मनोरञ्जन गराएका थिए । रेडियो नेपालको संयुक्त प्रस्तुती भन्दै सुन्दै कार्यक्रम गाँउ गाँउमा अन्र्तगत भुकम्पबाट आक्रान्त बनेका बालबालिकाहरुको त्रास हटाई उत्साह र आत्मवल बढाउन जनचेतनामुलक सन्देश प्रस्तुत गरिएको हो । यसअघि रसुवा र नुवाकोटामा सँगितिक प्रस्तुती गरिसकेका छन् ।

hasdai nachaudai 5

चेतनामुलक कार्यक्रममा भुकम्प प्रभावित विद्यार्थी तथा अभिभावकहरुलाई गीत तथा नृत्यमार्फत भुकम्पको पीडालाई साहस जुटाई दैनिकीमा फर्कन कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उच्च माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहभागीता रहेको थियो ।

hasdai nachaudai 6hasdai nachaudai 7

About The Author

Loading...

अन्य समाचारहरु: