Fri. Mar 29th, 2024

आजदेखि वैदेशिक रोजगार ब्यवसाय ठप्प

baidesh rojgar

२३ असार, काठमाडौं –  विभिन्न सात मुलुकमा सून्य लागतको ब्यवस्था लागू गरेको विरोधमा वैदेशिक रोजगार ब्यवसायीहरुले बुधवारदेखि ब्यवसाय ठप्प पार्ने भएका छन् ।

सरकारले मंगलवारदेखि मलेसियासहित विभिन्न सात मुलुकमा भिसा र टिकट निःशुल्क गरेपछि वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलिन भएका हुन् । सरकारको निःशुल्क भिसा र टिकटको ब्यवस्थालाई कार्यान्वयन गर्न नदिन सवै म्यानपावर ब्यवसायीहरु एक भएका छन् । विभिन्न राजनीतिक दलको भातृ संगठनको रुपमा क्रियाशील ब्यवसायीहरु निःशुल्क भिसा र टिकटको विरोधमा भने एक भएका छन् । सरकारको निर्णय असफल पार्न उनीहरुले वैदेशिक रोजगार व्यवसायी एकता समिति गठन गरी सबै ब्यवसाय ठप्प पार्ने तथा दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार आकस्मिक ब्यवसायीहरुको भेला आयोजना गरी बुधबारदेखि आन्दोलन चर्काउन निर्णय गरेका हुन् । सरकारको निर्णय असफल पार्न उनीहरुले रोजगार ब्यवसायीको सवै कार्यालय बुधबारदेखि बन्द गर्नुका साथै श्रम स्वीकृति बहिष्कार गर्ने, वैदेशिक रोजगारीमा जाने कामदारको अन्तर्वार्ता बन्द गर्ने लगायतका निर्णय गरेका छन् । सरकारी निर्णयको विरोधमा बुधवार ब्यवसायीहरुले ताहाचलस्थित श्रमग्राम घेर्ने कार्यक्रम तय गरेका छन् ।

वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिमा कांग्रेस निकट लोकतान्त्रिक फोरमका अध्यक्ष प्रज्ञान न्यौपाने, एमालेको प्रगतिशील मञ्चका अध्यक्ष नरेश गेलाल, सरोज पोखरेल, गणतान्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भान्तना र तमु धिंका अध्यक्ष शमशेरबहादुर गुरुङ तथा स्वतन्त्र ब्यवसायी किरणकिशोर घिमिरेलगायत सहसंयोजक छन् ।

संघका पूर्व अध्यक्षहरु तथा पूर्व सल्लाहकारहरुलाई संघर्ष समितिको सल्लाहकार तोकिएको छ । ब्यवसायीहरुले मंगलवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी लगायतका नेतालाई साक्षी राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । केसीले भने आफू अरु नै कार्यक्रममा आएकाले आन्दोलनको साक्षी नबस्ने बताएका थिए । अनलाइनखबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: