Fri. Mar 29th, 2024

६ हजार डलरमा बेचिइन् महिला

siria-400x366

मेरो नाम गेनु रेस्मी थापामगर हो । मेरो स्थायी घर बुटवल शंकरनगर–३ हो । हाल म मर्नु र बाँच्नुको दोधारमा अति कष्टपूर्ण देश सिरियामा छु । घरमा मेरो वृद्ध अवस्थाका बाबुआमा हुनुहुन्छ ।

का लागि मेरी बहिनी र म मिलेर बुटवल बजारमा ऋण गरेर सानो ब्युटी पार्लर चलाएका थियौँ । त्यही पसल सञ्चालनको सिलसिलामा मेरो चिनजान बुटवल प्रगतिनगर निवासी शोभाकान्त भट्टराईसँग भयो । उसले ‘म राम्रो म्यानपावरको एजेन्ट हुँ । मसँग दुबईको राम्रो कम्पनीको भिसा छ । तिमी पनि दुबई जाऊ । राम्रो पैसा कमाउन सक्छ्यौ’ भनेर प्रलोभन देखायो ।

आफ्नो आर्थिक स्थिति केही हदसम्म सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आशमा बहिनीलाई पसल जिम्मा लगाएर शोभाकान्तमार्फत दुबई जाने निर्णय गरेँ । मैले मेरा सबै कागजात उसैलाई जिम्मा लगाएँ । दिन बित्दै गए । अर्को महिना शोभाकान्तले ‘ल भिसा आयो, तिमीहरू चारजना एउटै कम्पनीमा जानुपर्छ’ भनेर अरू तीनजना पनि लिएर आयो । पछि, अनेकौँ बहाना बनाएर ‘नेपालबाट उडाउन नसक्ने’ भन्यो ।

०७१ वैशाख १८ गते हामीलाई भारतको दिल्ली जान बाध्य बनायो । त्यहाँ हामीले अर्को दलाल पन्चु लामालाई भेट्यौँ । त्यो पनि शोभाकान्तजस्तै दलाल रहेछ । सन् २०१४ मे ८ मा हामीलाई दुबईका लागि भनेर दिल्लीबाट उडाइयो । तर, हाम्रो सोझोपनको फाइदा उठाउँदै हामीलाई झुक्याएर दुबई नपठाई मे १२ मा सिरिया पुर्‍याइयो । मलाई यहाँको एजेन्सीलाई ६ हजार डलरमा बेचेको रहेछ । म अहिले सिरियनको घरमा बिहान ४ बजेदेखि रातिको १२ बजेसम्म अनेकौँ पीडा, दुव्र्यवहार सहेर बाँचेकी छु ।

छातीमा घाउ भएर दुईचोटि अप्रेसन गर्दा पनि निको भएको छैन । हरेक दिन खुन र पिप बगिरहेछ । नदुख्ने र घाउ सुकाउने औषधिको भरमा मृत्युको दिन कुरिरहेकी छु । ‘घर जान्छु, घर पठाइदे’ भन्दा ‘६ हजार डलरमा किनेको हुँ, जान पाइँदैन’ भन्दै अनेक यातना दिन्छन् । आजसम्म मोबाइलको सिम पाएको छैन । आफूले ल्याएको मोबाइलबाट वाइफाईको मद्दतले यो मेरो चित्कार यहाँसम्म पुर्‍याएकी छु ।

म नेपाल सरकार, सम्पूर्ण राजनीतिक पार्टीका नेताज्यूहरू, सम्पूर्ण समाजसेवी संस्था, मानवअधिकार आयोग, पत्रकार र सम्पूर्ण नेपालीमा यो अनुरोध गर्छु कि म नेपाल फर्किन चाहन्छु । म बाँच्न चाहन्छु । यो नर्क सिरियामा मर्न चाहन्नँ । र, चेलिबेटी बेचबिखन गर्ने ती दुई दलाललाई कडाभन्दा कडा सजाय चाहन्छु । कृपया, मलाई नेपाल झिकाइदिन हार्दिक अनुरोध गर्छु । नयाँपत्रिकाबाट

 

About The Author

Loading...

अन्य समाचारहरु: