Thu. Mar 28th, 2024

फोक्सो स्वस्थ राख्न के खाने

प्याज
प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ। प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो।

अदुवा
अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ। चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ।

सुन्तला
सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ।

सिस्नु

सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ। सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ।

पिस्ता
पिस्तामा गामा–टोकोफेरोल नामक एक प्रकारको भिटामिन–ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ।

जडिबुटी
सुन्तलाको बोक्रा, युकालिप्टस ९मसला०, पुदिनाजस्ता जडिबुटीले फोक्सोलाई सफा राख्छन्।

लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ। लसुनले फोक्सोलाई फाइदा पुर्‍याउँछ।

भिटामन सीयुक्त खाना
सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन्।

About The Author

Loading...

अन्य समाचारहरु: