Wed. May 25th, 2022

धादिङ स्वास्थ्य समाजको अध्यक्षमा राजन अधिकारी निर्वाचित

धादिङ– धादिङ स्वास्थ्य समाजको अध्यक्षमा राजन अधिकारी निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको हो ।

छैठौ साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्ष :डा. अनुज श्रेष्ठ र सबिता ईटनी, महासचिवमा सुवास धरेल, सचिवमा डा. बिष्णु खतिवडा र जित कुमार शाक्य, कोषाध्यक्षमा पुर्णिामा शेढाईलाई चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा : सुर्य भट्ट, डा. रामचन्द्र रिजाल, डा. सरोज धरेल, प्रकाश तिमल्सिना, जनक मगर, बिबेक उप्रेती, बबिता परियार, सरस्वती थापा, प्रगती सिलवाल र सन्ध्या श्रेष्ठ चयन भएका छन् ।

Loading...

अन्य समाचारहरु: