Fri. Jul 12th, 2024

भूकम्प पीडितलाई अलसलाम र कतार च्यारिटिको राहत सामग्री

rahat aasaman
धादिङ – अलसलाम मानव सेवा संघ र कतार च्यारिटींले चितवनको चण्डिभञ्ज्याङ र गोरखाको आलेभञ्ज्याङका भूकम्प पीडितहरुलाई राहत वितरण गरेको छ ।

चण्डिभञ्ज्याङका १ सय ५० घरधुरी र आलेभञ्ज्याङका ५० घरधुरीलाई राहात वितरण गरेको छ । अहिलेसम्म संस्थाले भुकम्प प्रभावित जिल्लामा १ करोड २० लाख बराबरको राहात सामाग्री वितरण गरिसकेको छ । भुकम्प पछि कतार च्यारिटीले भुकम्प पिडितको लागि कोष नै जम्मा गरेर त्रिपाल, चामल, चिउरा, पिठो, नुन, तेल लगायतको एउटै प्याकेजमा प्रति परिवार वितरण गरेको हो । विकट र राहात नपुगेकको ठाँउमा संस्थाले एकमुष्ठ प्याकेजको राहात पुग्नैपर्ने र अति आवश्यक भएका जनताले पाएको सस्थाका संरक्षक अजिजुर रहमान शेखले बताउनु भयो । संस्थाले धादिङ, गोरखा, काभ्रे, चितवन, काठमाडौ, भतmपुर लगायतका ठाँउमा सम्वन्धित जिल्ला प्रशासनको स्विकृती मार्फत विकट र अति आवश्यक क्षेत्रमा राहात वितरण गरेको संरक्षक शेखले बताउनु भयो ।

भुकम्प पिडितको लगि गोरखाको डेरा, आलेभञ्ज्याङ, झिङगटेवलेमा २०० वटा टहरा समेत निर्माण गरिरहेको अलसलामले देशभर एक हजार टहरा बनाउने लक्ष्य लिएको छ । नेपालको तराई क्षेत्रमा रहेको यो संस्थाले विभिन्न सामाजिक कार्य गर्दे आएको छ । सस्थांले खानेपानी, शिक्षा र सचेतना सम्वन्धी काम गरिरहेको सस्थाँका उपाध्यक्ष नजाम्मुद्धिन जोलाहले बताउनु भयो ।

About The Author

Loading...

अन्य समाचारहरु: