Thu. May 23rd, 2024

बस र कार ठोक्किदाँ धादिङमा ५ जनाको मृत्यु

धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुंगेखोलामा बस र कार ठोक्किदाँ ५ जनाको मृत्यु भएको छ । काठमाडौँबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौँतर्फ जादै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा कारका चालक तनहुको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको छ ।

दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका वडा नं ११ का २४ वर्षीय राम परियार घाईते भएका छन् । घाईतेको ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ओभरट्याक गरेको कार ओरालोमा तीब्र गतिमा आएको बससँंग ठोक्किएपछि दुर्घटना भएको हो । नेपाल घुम्नका लागि गत बैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौ फर्कदै थिए । सोमबार दिल्ली फर्कने टिकट समेत फेला परेको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: