२४ असार, काठमाडौं – गत वैशाखको भूकम्पमा परी करिब तीन हजार बालबालिकाले ज्यान गुमाएका छन् । भूकम्प प्रभावित १८ जिल्लाको तथ्यांकअनुसार भूकम्पमा परी दुई हजार सात सय ४२ बालबालिकाले ज्यान गुमाएका छन् ।
१८ जिल्लाबाट संकलित तथ्यांकअनुसार एक हजार चार सय ९८ बालक र एक हजार दुई सय ४४ बालिकाले भूकम्पमा परी ज्यान गुमाएको छ ।भूकम्पमा ज्यान गुमाउने मुलुकभरका आठ हजार आठ सय ८९ मध्ये झन्डै ३१ प्रतिशत बालबालिका छन् ।
भूकम्पका कारण ८९ बालबालिकाले आमा बाबु दुवै गुमाएका छन् भने चार सय २७ जना बालबालिकाले आमा वा बाबु गुमाउनुपरेको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार भूकम्पसम्बन्धी गलत शिक्षाका कारण भूकम्पमा मृत्यु हुने बालबालिकाको संख्या बढेको हो । नयाँ पत्रिकाबाट
यो पनि हेर्नुहोस्…
धादिङमा भूकम्पबाट २ सय ३४ जना बालबालिकाको मृत्यु