
काठमाडौ – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने श्रृंखलामा नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।
नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृखंला जुन ८ देखि १५ सम्म अमेरिकाको हुस्टनमा हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्नो आधिकारिक वेबसाइटमा उक्त श्रृंखलाको खेल तालिका अपडेट गरेको छ ।
जसमा नेपालले पहिलो खेल जुन ९ जेठ २६ मा ओमानसँग खेल्नेछ । यस्तै दोस्रो खेल जुन ११ (जेठ २८) मा नेपालले अमरिकासँग खेल्नेछ ।
त्यसपछि नेपालले जेठ ३१ गते फेरि ओमानसँग र असार १ गते अमेरिकासँग खेल्नेछ ।
Loading...