Fri. Mar 29th, 2024

धार्के–सीतापाइला सडकको स्तरोन्नति धमाधम

नौबिसे–नागढुङ्गा सडकको बैकल्पिक मार्गको रुपमा धमाधम काम भइरहेको धार्के– सीतापाइला सडक ।

सरिता श्रेष्ठ
धादिङ –
उकालो, ओरालो, घुमाउरो, सा“घुरो र घुम्तीले गर्दा नौबिसेदेखि नागढुङगासम्मको सडकको यात्रा कष्टकर ह“ुदै आइरहेको छ । हरेक चाडवर्पको समयमा सवारीसाधनको अत्याधित चापका कारण जाम पर्दै आइरहेको छ । अर्कोतर्फ नागढुंगा–मुग्लिन सडक चार लेनको बनाउने योजनाअनुसार ठेक्का लागिसकेको छ । त्यसैले सरकारले धार्के–सीतापाइला सडकलाई विकल्पको रुपमा लिएको छ । अहिले यो सडकको स्तरोन्नति कार्य धमाधम थालिएको छ । धादिङतर्फ पर्ने धार्केदेखि ठूलोखोलासम्मको १४ किलोमिटर र काठमाडौतर्फ पर्ने ठूलोखोलादेखि सीतापाइलासम्मको १० किलोमिटर सडकको केही भाग कालोपत्रे समेत भइसकेको छ ।

यो सडक खण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ) देखि रामकोट–भीमढुंगा–महेशफॉट हु‘दै धार्के पुग्नेछ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यो खण्डको चौडाइ १२ मिटर हुने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुदै काठमाडौं आउजाउ गर्ने यात्रुलाई सहज हुनेछ भने नागढुंगा–मुग्लिन सडक चार लेनको पार्ने क्रममा धार्केदेखि काठमाडौंतर्फको यातायात व्यवस्था पनि सहज हुने सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमाल बताउ‘छन् ।दुरीका हिसाबले पनि नौबिसे–नागढुंगा रुटभन्दा धार्के–सीतापाइला सडक काठमाडौं प्रवेशका लागि छोटो पर्छ ।

सडक विस्तारका लागि काठमाडौं खण्ड र धादिङ गरी दुई भागमा विभाजन गरी काम भइरहेकोे छ । सडकलाई फराकिलो बनाउन सडक विभागले दुईवटा आफ्ना सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिइसकेको छ । धार्केबाट १४ किलोमिटरसम्मको सडक सडक डिभिजन कार्यालय नुवाकोट र काठमाडौंतर्फको १० किलोमिटर सडकको स्तरोन्नतिसडक डिभिजन कार्यालय काठमाडौ‘ले गरिरहेको छ ।

सडक डिभिजन कार्यालय नुवाकोटले धादिङ खण्डको धार्केदेखि ठूलोखोलासम्मको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ । धार्केदेखिको ३ किलोमिटर सडक कालोपत्रे गर्ने तयारीमा छ । भने बा“की ११ किलोमिटरको ठेक्का आह्वान गरेको छ ।

आगामी दुई वर्षमा सडक निर्माण सक्ने गरी काम थालिएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए । ‘धादिङतर्फको तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारीमा धमाधम काम भइरहेको छ’ उनले भने, ‘बा“की ११ किलोमिटरका लागि ठेक्का आह्वान गरेका छा“, त्यो पनि अब चॉडै प्रक्रिया पूरा गरेर काम थाल्नेछौ“ ।’

सडकमा सीएम÷दिव्यज्योति÷नाना जेभीले काम गरिरहेको छ । तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ । १४ किलोमिटर नै कालोपत्रे गर्न ९० करोड लाग्ने अनुमान गरिएको छ ।

ठूलोखोलादेखि सीतापाइलासम्म १० किलोमिटर छ । काठमाडौ‘तर्फ पर्ने सीतापाइलादेखि रामकोटसम्मको ५ किलोमिटर सडकमा कालोपत्रे नै भइसकेको छ । रामकोटदेखि काठमाडौं–धादिङको सिमाना ठूलोखोलासम्मको बॉकी ५ किलोमिटर सडकमा भने अहिले धमाधम काम भइरहेको छ । सीतापाइलोदखि रामकोटसम्मको सडक स्तरोन्नति गर्न सरकारले २७ करोड रुपैयॉ खर्चेको थियो । रामकोटदेखि ठूलोखोलासम्मको सडक स्तरोन्नतिका लागि यो वर्ष ३५ करोड ३० लाख रुपैयॉको ठेक्का लगाइएको थियो । उक्त सडक कान्छाराम सीएम बेदान्सी जेभीले स्तरोन्नति गरिरहेको छ ।

१० मिटर चौडाइसहित दुई लेनमा सवारी दौडाउन सकिने गरी बनिरहेको यो बाटोमा दायॉबायॉ १÷१ मिटरको ढल निकास गरी जम्मा १२ मिटरमा काम भइरहेको छ । अहिले सडक चौडा गर्ने, पर्खाल तथा नाली बनाउनेसहितका काम अगाडि बढिरहेको डिभिजन प्रमुख रिमाल बताउ‘छन् । ‘काठमाडौंबाट नौबिसे हु“दै धार्केसम्म जाने सडकखण्डको उपयुक्त विकल्प सीतापाइलाबाट धादिङको महेशफॉट हु‘दै धार्के जोड्ने सडक भएकाले सोहीअनुसार प्राथमिकतामा राखेर सडक विस्तार कार्य सुरु गरेको हौं’ रिमाल भन्छन्, ‘यो सडक पूर्ण रुपमा समयमै सम्पन्न भएमा काठमाडौं भित्रिदा र बाहिरिदा“ नागढुंगाको जाम छल्ने एउटा सशक्त विकल्प तयार हुनेछ ।’
यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारीको जाम कम हुने अपेक्षा गरिएको छ ।

पहिलो चरणमा सडक फराकिलो बनाउने तथा कल्भर्ट र पर्खालसहित आवश्यक पूर्वाधारहरु तयार गर्ने र अर्को चरणमा सडक कालोपत्रे गर्ने योजना सहित काम गरिएको छ । यो सडक दुई लेनको भएपछि काठमाडौ“देखि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौं फर्कन दुईवटा विकल्प तयार हुनेछ । नागढुंगामा सानो समस्या आएपनि घण्टौं रोकिनुपर्ने बाध्यता सडक फराकिलो भएपछि रोकिने छ ।
यस सडकको निर्माण कार्य समयमा सकिए मात्र नागढुङगा–मुग्लिन सडक विस्तारको काम अघि बढाउन सकिने डिभिजन प्रमुख रिमालको भनाई छ । उनी भन्छन्, ‘यो सडक नबनेसम्म सवारी आवागमनका लागि नागढुंगा–मुग्लिन सडक नै प्रयोग गर्नुको विकल्प नभएकाले त्यसलाई चार लेनमा विस्तारको योजनामा काम गर्न असम्भव छ ।’ गत वर्षको जेठ महिनाबाट सुरु गरिएको सडक अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ ।

२०४४ सालमै ट्रयाक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हु“दै आएको भए पनि बेवास्ता गरिएको थियो । सोही कारण अझैसम्म पनि साना सवारी साधन समेत बाह्रैमास चल्न सक्ने अवस्थामा सडक छैन । अहिले धमाधम सडक स्तरोन्नतिको कार्य चलिरहेका कारण केही आशा पलाएको धुनीबेसी नगरपालिकास्थित पूरानो धार्केका स्थानीय रामकुमार तामाङ बताउ“छन् । ‘घाम लागेको बेला धुलो र पानी परेको बेला हिलोले हैरानी खेप्दै आइरहेका छौ“,’ उनी भन्छन्, ‘सडक स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ, अब सास्ती खेप्नुपर्दैन कि ?’
अहिले नागढुङ्गाको उकालोमा एउटा सवारी बिग्रिएपनि एकोहोरो सवारी चल्दा लामो जाम खेप्नुपर्ने बाध्यता यात्रु र सवारीलाई छ ।

अब बन्ने दुई लेनको सडकलाई स्तरीय रुपमा बनाउन सके बेलाबेलामा हुने सास्ती हट्ने विश्वास गरिएको छ । यसमा बनाइने पूर्वाधारलाई मजबुत र आधुनिक प्रविधियुक्त गरिने कार्यालयले बताएको छ । स्तरोन्नतिको काम सम्पन्न भएपछि यो सडक काठमाडौं प्रवेशका लागि अर्को भरपर्दो विकल्पका रुपमा रहनेछ । अहिले पनि फाट्टफुट्ट रुपमा यो सडकबाट सवारीहरु आउने–जाने गरेका छन् ।


About The Author

Loading...

अन्य समाचारहरु: