Fri. Mar 29th, 2024

आजदेखि आन्तरिक उडान १८ घण्टा सञ्चालन हुने

काठमाडौ – नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानतर्फको समयावधि बढाएर दैनिक १८ घण्टा पुर्‍याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्नको लागि आन्तरिक उडानतर्फको समय अबधि बढाएको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणले रात्रिकालीन उडान गर्न सकिने भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याएको छ । यसले काठमाण्डौको त्रिभुवन विमानस्थलमा रहेको उडान चापलाई व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाई छ ।

यस्तै उडान चाप कम गर्न अन्तर्राष्ट्रिय उडानमा पनि आउँदो जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: