Tue. Jul 16th, 2024

भूकम्प प्रभावितमा विशेष खोप

siringj

२५ असार, काठमाडौं –  दादुरा-रुबेला रोगको महामारी फैलिने जोखिम बढेपछि नियन्त्रणका लागि सरकारले भूकम्प प्रभावित १४ जिल्लाका दुई लाख ४० हजार बालबालिकालाई एकैपटक खोप दिने तयारी गरेको छ।

कष्चष्लनवभूकम्पपछि घरबारविहीन भएका अधिकांश बालबालिका भीडभाडमा बस्नुपर्ने बाध्यताका कारण व्यक्तिगत सरसफाइ नहुँदा दादुरा रुबेला रोग देखापर्न थालिसकेको  छ। दादुरा-रुबेला श्वासप्रश्वासका माध्यमबाट छिट्टै एकअर्कामा सर्ने भएकाले यसको जोखिम बढेको हो। खोप कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफबाट दुई करोड रुपैयाँबराबरको सहयोग लिनेछ।

भूकम्प प्रभावित जिल्लामा उक्त खोप लगाउन सरकारलाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले चार करोड रुपैयाँ दिने भएको छ। मन्त्रालयअन्तर्गत बालस्वास्थ्य महाशाखाका प्रमुख डा। कृष्ण पौडेलले दादुरा—रुबेला रोगले महामारीको रूप नलेओस् भनेर ठूलो लगानीमा एकैपटक खोप अभियान चलाउन लागिएको बताए। ‘दादुरा-रुबेला नियन्त्रणका लागि समयमै खोप दिनु महत्‍वपूर्ण मानिन्छ। त्यसैले हामी यो खोप तत्कालै भूकम्पपीडित बालबालिकालाई दिँदैछौं’, पौडेलले भने।साउन दोस्रो सातादेखि १० दिनसम्म सबै भूकम्पपीडित बालबालिकालाई खोप दिइनेछ।

महाशाखाअन्तर्गत खोप शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्दराज गौतमका अनुसार खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीसहित करिब तीन हजार कर्मचारीलाई तालिम दिएर भूकम्प प्रभावित जिल्लाका गाविसका हरेक वडामा परिचालन गरिनेछ। ‘यो खोप अत्यन्तै संवेदनशील छ। बट्टा खोलेको ६ घन्टाभित्र लगाइसक्नुपर्छ। नभए त्यसले नकारात्मक परिणाम निम्त्याउन सक्छ’, गौतमले भने, ‘त्यसैले खोप अभियानमा संलग्न हुने स्वास्थ्यकर्मी र कर्मचारीलाई तालिम दिँदैछौं।’ अन्नपूर्णबाट

About The Author

Loading...

अन्य समाचारहरु: