Fri. Mar 29th, 2024

जेठदेखि दुई दिन सार्वजनिक बिदाबारे अलमलमा स्वास्थ्य क्षेत्र

काठमाडौ – सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बिदाको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भइरहेका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरकारी तथा निजी संघमा आबद्ध स्वास्थ्यकर्मीबीच पनि आइतबारको सार्वजनिक बिदाका विषयमा मत बाझिएको छ ।
चिकित्सक संघ नेपाल (गोदान) ले आइतबार दिइने सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा लागु नहुने भनिएको प्रति आपत्ति जनाएको छ । एउटै प्रवेश विन्दु र एउटै ऐनका कर्मचारीबीच फरक फरक व्यवहार हुनु न्यायसङ्गत नभएको धारणा संघका महासचिव डा। कृतिपाल सुवेदीको छ ।

यदि स्वास्थ्यलाई विशेष क्षेत्र मान्ने हो भने स्वास्थ्यका कर्मचारीलाई खाली कार्य बोझ मात्रा बढी नभई विशेष थप सुविधा, अतिरिक्त सेवा तथा प्रोत्साहन भत्ता दिन अनिवार्य रहेको उनले बताए । स्वास्थ्य क्षेत्रमा आइतबार बिदा नदिइए अन्य सेवाका कर्मचारीको तुलनामा वर्षको ५२ हप्ता अधिक थप कार्यभार पर्ने हुँदा यसको व्यवस्थापनको तत्काल आवश्यकता पर्ने उनले बताए ।

यस्तै, सरकारले कुनै विशेष थप सुविधा र न्यायोचित प्रोत्साहन विना नगरेमा गोदानको समर्थन नरहने उनको भनाइ छ । वैशाख १३ गते बसेको मन्त्री परिषद् बैठकले जेठदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । कार्यालय खुल्ने समय बिहान ९ः३० देखि ५ः३० सम्म बनाइएको छ ।

स्वास्थ्यका मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा मन्त्रीले विभिन्न समयमा स्वास्थ्य क्षेत्रमा आइतबार सार्वजनिक बिदा नहुने अभिव्यक्ति दिएपछि सरकारी स्वास्थ्यकर्मी संघले विरोध जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछाने सरकारले सार्वजनिक बिदाका नाममा नागरिकलाई अस्पतालबाट दिइने स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने बताउँछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: