Wed. May 25th, 2022

कक्षा ५–८ सम्मको पाठ्यपुस्तक छाप्न अझै एक महिना लाग्ने

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गर्ने कक्षा ५–८ सम्मका पाठ्यपुस्तक छपाइ पूरा गर्न अझै एक महिना लाग्ने भएको छ ।

१ जेठदेखि २०७९ को शैक्षिक सत्रको पढाइ सुरु गर्ने तयारी भएपनि अझै कक्षा ५–८ सम्मका पाठ्यपुस्तकको छपाइ पूरा गर्न थप एक महिना लाग्ने जनक शिक्षा सामग्रीले जानकारी दिएको छ ।
कागजको अभावका कारण कक्षा ५ – ८ सम्मका पाठ्यपुस्तक छपाइ पूरा गर्न ढिलाइ भएको केन्द्रको भनाइ छ । अरु कक्षाको भने सबै पुस्तकको छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

झाले भने, ‘कागज समयमौ आइनपुग्दा ती वटा कक्षाका पाठ्यपुस्तक छपाइ पूरा गर्न बाँकी छ । तर अब छिट्टै सकिन्छ । अरु कक्षाको सबै सकिएको छ ।’अबको एक महिनाभित्र सबै छपाइ सकिने झाको भनाइ छ ।

मतपत्र छपाइको जिम्मेवारी पाएको केन्द्रले त्यसले पनि पुस्तक छपाइमा केही प्रभाव पारेको झा बताउँछन् । उनले भने, ‘अब भोलिसम्म मतपत्रको सम्पूर्ण काम सकिन्छ । पर्सिदेखि पुस्तक छपाइमा साथीहरु लाग्नुहुन्छ । मतपत्र छपाइको कामले पुस्तक छपाइमा थोरै प्रभाव परेको छ ।’

Loading...

अन्य समाचारहरु: