Thu. Mar 20th, 2025

जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी

काठमाडौ – संघीय संसद सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने गरी प्रारम्भिक खाका तयार पारेको छ ।

जेठ लागेपछि कुनै हालतमा संसदको वर्षे अधिवेशन आह्वान हुने आंकलन गरेर संसद सचिवालयले जेठ ३ गतेदेखि संसदमा प्रि–बजेटको प्रारम्भिक खाका तयार गरेको हो ।

संघीय संसद सचिवालयलका अनुसार जेठ ३ गते अर्थमन्त्रीले बजेटको प्राथमिकता पेश गर्ने, ४ गते प्रि–बजेट छलफल गर्ने, प्रि–बजेटमाथिको छलफल र मन्त्रीबाट जवाफ प्रस्तुत गर्न दिने र जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

सरकारले पनि बजेट अधिवेशन बोलाउने तयारी अगाडि बढाएको छ । त्यस अनुसार संघीय संसद सचिवालयले पनि बजेटमाथिको छलफलको प्रारम्भिक खाका तयार पारेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । अब बस्ने मन्त्रिपरिषदको बैठकबाट अधिवेशन आह्वानको मिति सिफारिस हुन सक्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

जेठ १५ गते बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यही कारण सरकारले स्थानीय तहको चुनावलगत्तै संसदको अधिवेशन आह्वान गर्ने गरी तयारी गरेको जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: