Wed. May 25th, 2022

धादिङमा आज १२ बजेदेखि मदिरा बिक्रीमा रोक

धादिङ – धादिङमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आज राति १२ बजे मौन अवधिदेखि बैशाख ३१ गते शनिबार दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवन कार्य सख्त निषेध गरिएको जानकारी गराएको छ ।

Loading...

अन्य समाचारहरु: