Wed. May 25th, 2022

निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं – निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ ।

नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउनेछ ।

स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भइसकेको छ । यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् ।

यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ ।

Loading...

अन्य समाचारहरु: