Thu. Mar 28th, 2024

नेपालले युगान्डा महिला टिमसँग त्रिवि मैदानमा पाँच खेलको टी–२० सिरिज खेल्ने

काठमाडौ – नेपाली महिला राष्ट्रिय क्रिकेट टिम र युगान्डाको राष्ट्रिय टिमबीच नेपालमा टी–२० सिरिज हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र युगान्डबीच त्रिवि मैदानमा पाँच खेलको टी–२० सिरिज हुने भएको हो।

क्यानका अनुसार सिरिज जेठ २ बाट सुरु भएर जेठ ७ मा सकिनेछ।

पहिलो टी–२० जेठ २ मा, दोस्रो ३ जेठ, तेस्रो ५ जेठ, चौथो जेठ ६ गते र अन्तिम खेल ७ जेठमा हुनेछ।

सबै खेलहरू दिउँस १ बजे सुरू हुने क्यानले जनाएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: