Wed. May 25th, 2022

सबै मतगणनास्थलमा सीसीटीभी ‘असम्भव’, भीडीओ रेकर्ड भने गरिने

काठमाडौ – देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ ।

सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो ।

त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी सम्भव भएको हो ।

‘करिब ३०० मतगणना स्थलमा मात्रै सीसीटीभी क्यामेरा हुने भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘हामीले सीसीटीभी क्यामेरा प्रदान गर्न सक्ने अवस्था थिएन । स्थानीय तहले कतिपय ठाउँमा व्यवस्था गर्न नसक्ने भए ।’

Loading...

अन्य समाचारहरु: