Wed. May 25th, 2022

नमुना मतदानमा मतदाताको उत्साह (फोटोसहित)

धादिङ– निर्वाचन कार्यालय धादिङले विहिबार गजुरी गाउँपालिका–३ मा नमुना मतदान कार्यक्रम गरेको छ । चेपाङको बाहुल्यता रहेको क्षेत्रमा नमुना मतदान गरेको हो ।

कार्यक्रममा भोट हाल्ने तरिका, मतपत्र पट्याउने तरिका, मतपेटिकामा हाल्ने तरिकाको बारेमा पनि जानकारी गराइएको छ । चेपाङ समुदायबाट धादिङ जिल्लाभर ६८ सय मतदाता छन् । यो निर्वाचनमा धादिङमा मात्रै चेपाङ समुदायबाट ६ जना उम्मेदवार छन् ।

पहिलो पटक भोट हाल्न मतदाता परिचयपत्र लिन मतदान केन्द्र आइपुगेकाहरुलाई मतदाता शिक्षा सिकाएर पठाइएको छ । अधिकांश नयाँ मतदाताहरुले ‘राइट टु भोट’ व्यवहारमा लागु गर्ने बताएका छन् ।
तस्बिरहरु : सरिता/पाविल

Loading...

अन्य समाचारहरु: