
धादिङ :
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पान्डेले मतदान गरेका छन् । धादिङको गजुरी गाउँपालिका वडा न २ को कन्या प्राबी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
नेकपा एकीकृत समाजबादीका केन्द्रिय उपाध्यक्ष समेत रहेका पान्डेले मुलुक र संविधानको रक्षाको पक्षमा मतदान गरेको बताए ।
देशभर पाँच दलिय गठबन्धन रहेको र गठबन्धन दलका उम्मेदवारहरु नै बिजयी हुने बिश्वास गरे । धादिङआ समाजबादीबाट पालिका प्रमुखमा २ जना र उपप्रमुखमा ४ जना उम्मेदवार छन् ।
त्यस्तै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले पनि धादिङको गजुरी गाउँपालिका वडा न ७ को किरान्चोक कटुन्जे माबी डाडागाउँ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।