Wed. May 25th, 2022

मतपेटिका संकलन गरिदै, सर्वदलीय बैठकपछि मात्रै गणना सुरु

धादिङ– धादिङका प्रायः सबै मतदानस्थलमा सौहार्दपूर्ण मतदान भएको छ । केही समय विथोलिएका केन्द्र बाहेक सबै केन्द्रमा मतदान सकिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान सकिएका प्रत्यक गाउँपालिकाको संबन्धित निर्वाचन अधिकारीको कार्यालयमा मतपेटिका संकलन हुने र त्यहि गणना गरिने व्यवस्था मिलाइएको छ । कार्यतालिका अनुसार शुक्रबार राती नै मतपेटिका गणनास्थलमा ल्याइसक्ने र सर्वदलीय बैठकको निर्णय अनुसार गणना सुरु गरिने उल्लेख छ ।

विकट मानिएको रुविभ्याली र गंगाजमुनाको मतपेटिका जम्मा गर्न दुरी टाढा भएकोले केही ढिलाई हुने निर्वाचन अधिकृतहरुले बताएका छन् ।

Loading...

अन्य समाचारहरु: