Wed. May 25th, 2022

धादिङको सबै मतगणना स्थलमा सिसिटिभी र तारजाली


धादिङ : स्थानीय तह निर्वाचन शुक्रबार शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । मतदान सकिएपछि मतगणनास्थलमा मतपेटिका समेत ल्याइसकेको छ ।

सर्वदलिय बैठक बसेर मतगणना गरिने बताइएको छ । धादिङको सबै मतगणना स्थलमा सिसिटिभी क्यामराले निगरानी गरिएको छ भने तारजाली लगाइएको छ । मतगणना स्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजाली सहितको फलामको बार राखिएको हो।

चितवनको भरतपुर महानगरपालिका १९ मा मतपत्र च्यातिएको घटना पछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गणना स्थलमा तारजाली र सिसिटिभी क्यामराको जडान गरिएको हो।

सिसिटिभी क्यामराको निगरानी निर्वाचन आयोगले गर्ने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए ।

Loading...

अन्य समाचारहरु: