Thu. Apr 18th, 2024

गल्छीमा मतगणना सुरु, अन्य पालिकामा सर्वदलीय बैठक बस्दै

धादिङ– गल्छी गाउँपालिकाको मतगणना सुरु भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गरेको हो ।

पालिकाभित्रका सबै मतदान स्थलहरुबाट राती नै मतपेटिका जम्मा गरेर बिहानैबाट गणना सुरु गरिएको गल्छी गाउँपालिकाका मतदान अधिकृत दिपेन्द्र सुवेदीले बताए । गल्छी गाउँपालिकामा प्रतिशत मत खसेको छ ।

पालिकाभित्रका ८ ओटा वडाबाट १५ हजार ६ सय ९८ मत खसेको छ । गल्छीको कुल मतदाता २० हजार ६ सय ५२ हो । मतगणनाको सीसीटीभी क्यामेराले निगरानी गरिरहेको छ ।

गल्छी बाहेक जिल्लाको २ नगरपालिका र १० गाउँपालिकामा भने सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको छ ।

गजुरी गाउँपालिका वडा नम्बर ८ को मतगणना प्रक्रिया भने रोकिएको छ । मतदानकै क्रममा दलहरुबीछ विवाद उत्पादन भएपछि नेकपा एमाले र नेकपा एकीकृत  समाजवादीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको छ । गजुरी गाउँपालिकाका निर्वाचन अधिकृतले अन्तिम निर्णयको लागि निर्वाचन आयोगमा पठाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: