Wed. May 25th, 2022

परिणामको पर्खामा मतदाता र उम्मेदवारका शुभचिन्तक

धादिङ– धादिङमा जिल्लाका प्राय सबै पालिकाहरुको मत गणना प्रकृया सुरु गरेको छ । गल्छी, थाक्रे, वेनिघाट लगायत पालिकाहरुबाट परिणाम सार्वजनिक हुन थालेको छ ।

उम्मेदवार र उनका आफन्त र मतदाताहरु गणनास्थल बाहिर परिणाम सुन्न आतुर देखिएका छन् । मतगणना स्थल स्थल बाहिर मत परिणाम सुन्नेहरुको भीडभाड नै लागेको छ ।

शुक्रबार मतदान सकेर आइतबार विहानदेखि आवश्यक प्रकृया पुरा गरेर धमाधम मतगणना गरिरहेको छ । नेत्रावती, व्वालामुखी, नीलकण्ठ, सिद्धलेकमा पनि गणना धमाधम भइरहेको छ । एक सय मत गन्न करिब एक घण्टा लाग्ने गरेको छ ।

गजुरी गाउँपालिकामा भने प्रकृया नै सुरु भएको छैन ।

Loading...

अन्य समाचारहरु: