Sat. Feb 8th, 2025

गल्छी १ मा एमालेको प्यानलनै विजयी


धादिङ,
गल्छी गाउँपालिका वडा नं १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा यदुकुमार खतिवडा विजयी भएका छन् ।

उनले एक हजार एक सय ३५ मत ल्याए भने गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका का माधव प्रसाद खतिवडाले ९ सय ९६ मत ल्याए ।

सदस्यहरुमा गोपाल विश्वकर्मा, महेन्द्र लामिछाने, महिला सदस्यमा प्रमिला राना, दलित महिला सदस्यमा शोभा रम्तेल विजयी भएका छन् । तीन हजार ६२ मतदाता रहेकोमा दुई हजार दुई सय ८३ मत खसेको थियो । जसमध्ये २० मत बदर भएको थियो ।

About The Author

अन्य समाचारहरु: