Fri. Mar 29th, 2024

गजुरी-४ मा चेपाङले चस्कायो एमालेको मुटु

धादिङ– गजुरी गाउँपालिका वडा नं.४ को वडा अध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् ।

गठन्धनमार्फत नेपाली काँग्रेसका उम्मेदवार चेपाङले ८ सय ९४ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । चेपाङले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारलाई भारी मतले पछि पारेका छन् ।

चेपाङ समुदायको बाक्लो बसोबास रहेको यो वडामा पार्टी भन्दा पनि व्यक्ति हेरेर मत पाएको अनुमान लगाइएको छ । चेपाङ समुदायबाट जातीय मत पाएकोले पनि प्रतिस्पर्धीलाई भारी मतले पछि पार्न सफल भएको मतदाताहरुले अनुमान लगाएका छन् । यो कुल ११ सय ५९ मत खसेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: