Sat. Apr 20th, 2024

नीलकण्ठ–३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी

धादिङ– जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् ।

प्रमुख प्रत्यासी नेपाली कांग्रेसका गोपीकृष्ण भण्डारीसहित नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार श्रेष्ठ वडा अध्यक्ष्यमा विजयी भएका हुन् । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र बनेका श्रेष्ठले गुलावको फुल चिन्हबाट चुनाव लडेका थिए ।

गुलावको फुल चिन्ह लिएर उठेका श्रेष्ठले १३ सय ३९ मत प्राप्त गरेका छन् । प्रमुख प्रतिस्पर्धी कांग्रेसका भण्डारीले ६ सय २९, नेकपा माओवादीले ३ सय ३४ र नेकपा एमालेले २ सय ४१ मत पाएका छन् ।

कांग्रेसले आफ्नो पकड मानेको वडामा कांग्रेसबाटै बागी उठेर चुनाव जितेका श्रेष्ठले वडा अध्यक्ष बनेर पाउने सरकारी सेवा सुविधा नलिने बताएका छन् । तलब भत्तामा आउने रकम शिक्षा, स्वास्थ्य र सरसफाइमा खर्च गर्ने उनले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: