Thu. Mar 28th, 2024

दुर्घटनामा वडा सदस्यका उम्मेदवारको मृत्यु, एक जना घाईते

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहको दारेगौडा नजिक आइचर ट्रक  र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं ७ का २९ बर्सिय अर्जुन प्रसाद पोखरेल हुन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । उनी बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नीलकण्ठ नगरपालिका वडा नं ७ को वडा सदस्यका उम्मेदवार समेत हुन् ।

धादिङबेसीबाट मलेखु जाँदै गरेको बा ५ ख ७०७२ नम्बरको आइचर र धादिङबेसी आउदैै गरेको बागमती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा नीलकण्ठ नगरपालिका वडा नं ३ का २४ बर्सिय सन्तोष अधिकारी गम्भीर घाईते छन् । घाईतेको धादिङबेसीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: