Sun. May 19th, 2024

रुविभ्यालीको अध्यक्षमा माओवादीका रामसिंह तामाङ र उपाध्यक्षमा काँग्रेसका फेलामा तामाङ विजयी


धादिङ: उत्तरी धादिङको रुविभ्याली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले हुई हजार पाँच सय ९७ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन् । उनले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धि राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक गठबन्धन दलहरु विजयी भएका हुन् ।

रुविभ्याली वडा नं १ मा नेपाली काँग्रेसका पम्बर तामाङले तीन सय ५२, वडा नं २ मा नेकपा एकिकृत समाजवादीका रुप घलेले २ सय ७४, वडा नं ३ मा जनता समाजवादी पार्टीका फेदोजे तामाङले ५ सय ३ मत प्राप्त गरेका छन् । वडा नं ४ मा राप्रपाका प्रशान्त तामाङले ५ सय ४, वडा नं ५ मा नेपाली काँग्रेसका रम्बा घलेले ९ सय ९१ र वडा नं ६ मा नेकपा एकिकृत समाजवादीका समिर गुरुङले ३ सय १६ मत प्राप्त गरेको रुविभ्याली गाउँपालिकाका निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: