Thu. Jun 30th, 2022

नेत्रावती डबजोङमा काँग्रेसका उम्मदेवार विजयी

धादिङ- नेत्रावती डबजोङ गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र उपाध्यक्षमा सीतामाया गुरुङ विजयी भएका हुन् ।

रिजालले दुई हजार ५ सय ४२ मत ल्याए । उनका प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङ गुरुङले १ हजार ६ सय ८३ मत प्राप्त गरिन् ।

त्यस्तै उपाध्यक्षमा गुरुङले २ हजार ७ सय ८६ मत प्राप्त गरिन् । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका विना कुमारी मम्बा तामाङले १ हजार ६ सय ३३ मत प्राप्त गरिन् ।

पाँच वटा वडा रहेको यस गाउँपालिकाको चारवटा वडामा काँग्रेस र एक वटामा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट वडा नं १ मा ठाकुर गुरुङले ६ सय ३, वडा नं २ मा मिनबहादुरर तामाङले ३ सय १०, वडा नं ३ मा सुरेश गुरुङले ४ सय २९, वडा नं ५ मा हरि अधिकारीले ७ सय २७ मत प्राप्त गरे भने नेकपा एमालेबाट वडा नं ४ मा तिलबहादुर गुरुङले ५ सय ८४ मत प्राप्त गरे ।

Loading...