Thu. Jun 30th, 2022

बेनिघाट रोराङको अध्यक्षमा माओवादीका थपलिया र उपाध्यक्षमा नेकपा एसका श्रेष्ठ विजयी


धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विवेक थपलिया विजयी भएका छन् । उनले उनले ७ हजार ६ सय ८० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमाले उम्मेदवार देव प्रसाद त्रिपाठीले ५ हजार ७२ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार टापबहादुर श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ९ सय १ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेवार हिरादेवी रेग्मीले ४ हजार ६ सय ६७ मत प्राप्त गरिन् ।

काँग्रेसबाट वडा नं १ मा जीवन सिंह तामाङ, वडा नं १० मा विकास प्रजा, नेकपा एमालेबाट वडा नं ३ मा भुवन त्रिपाठी, वडा नं ९ मा देवीबहादुर खड्का विजयी भएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट वडा नं २ मा हेमराज भुजेल, वडा नं ४ मा राजकुमार मगर, वडा नं ५ मा रोशन कुमार सिलवाल, वडा नं ६ मा टेकनाथ सिलवाल, वडा नं ७ मा कुमार बस्नेत, वडा नं ८ मा राजकुमार श्रेष्ठ विजयी भएका छन् ।

Loading...