Thu. Mar 28th, 2024

धुनीबेसीको मेयरमा नेकपा एसका आचार्य र उपमेयरमा काँग्रेसका उप्रेती विजयी


धादिङ : धादिङको धुनीबेसी नगपालिकाको मेयरमा नेकपा एकिकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । उनले ८ हजार ७ सय ६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५ सय ९२ मत प्राप्त गरे । आचार्यको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ सालको निर्वाचनमा पनि मेयरमा विजयी भएका थिए ।

उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार सुरज उप्रेती विजयी भएका छन् । उनले ८ हजार ३ सय ८७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार मन्दिरा श्रेष्ठले ६ हजार ४ सय ७० मत प्राप्त गरे । गठबन्धन गरेर निर्वाचनमा उत्रिएका उनीहरुले विजय हाँसिल गरेका हुन् ।

वडामा नेकपा माओवादीका तर्फबाट विजयी भएकाहरु
वडा नं १ मा मानबहादुर तामाङले १ हजार ५१
वडा नं ६ मा रमेश प्रसाद आचार्यले ८ सय १७
वडा नं ८ मा रामकृष्ण रेग्मीले १ हजार ७६

नेपाली काँग्रेसबाट विजयी भएकाहरु
वडा नं ३ मा प्रकाश हमालले ९ सय ३५,
वडा नं ७ मा यदुनाथ पाठकले १ हजार ७८,
वडा नं ९ मा माधव प्रसाद सिलवालले १ हजार २ सय ७९ मत

नेकपा एकिकृत समाजबादीबाट विजयी भएकाहरु
वडा नं २ मा लक्षजित तामाङले एक हजार ९१
वडा नं ४ मा हरिप्रसाद सुवेदीले ८ सय ३६

स्वतन्त्र उम्मेदवार
वडा नं ५ मा विशाल भट्टराईले ८ सय ८६ मत

About The Author

Loading...

अन्य समाचारहरु: