Thu. Jun 30th, 2022

ज्वालामुखीको अध्यक्षमा काँग्रेसका दनै र उपाध्यक्षमा नेकपा एसका अर्याल विजयी


धादिङ : ज्वालामुखी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार यामनाथ दनै विजयी भएका हुन् । उनले ८ हजार ३४ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार हरिराम लोहनीले ५ हजार ४ सय ९९ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार धर्मबहादुर अर्याल विजयी भएका छन् । उनले ६ हजार ४ सय ४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी उम्मेदवार चन्द्रकुमारी अधिकारीले ४ हजार ७ सय ७१ मत ल्याइन् । गठबन्धनबाट उम्मेदवार बनेका उनीहरु विजयी भएका हुन् ।

गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका कृष्ण गिरी, वडा नं ४ मा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर गुरुङ विजयी भएका छन् ।

नेपाली काँग्रेसबाट वडा नं २ मा राजु लोप्पा, वडा नं ३ मा उमेश श्रेष्ठ, वडा नं ५ मा टंकप्रसाद काप्री, वडा नं ६ मा किशोर सेढाई, वडा नं ७ मा ज्ञानेन्द्रप्रसाद खकुराल विजयी भएका छन् ।

Loading...