Thu. Jun 30th, 2022

देशभर पालिका प्रमुख/उपप्रमुखमा कुन दलको कति ?

स्थानीय निर्वाचनको मतगणना सुरु भएको आज चौथो दिन हो। देशभरबाट विभिन्न नगरपालिका र गाँउपालिकाका अन्तिम नतिजा आउने क्रम सुरु भएको छ।

मंगलबार साँझसम्म प्राप्त अन्तिम नतिजाअनुसार मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्ष पद जित्नेमा सत्तारुढ गठबन्धन दलमध्येको ठूलो दल नेपाली कांग्रेस पहिलो र दोस्रोमा प्रमुख प्रतिपक्ष नेकपा एमाले छ। तेस्रोमा माओवादी केन्द्र देखिएको छ।  

नेपाली कांग्रेसले अहिलेसम्म १५४ पालिकामा मेयर/अध्यक्ष र १५३ पालिकामा उपमेयर/उपाध्यक्ष पदमा जित हासिल गरेको छ भने नेकपा एमालेले मेयर/अध्यक्षमा १०३ र उपमेयर/उपाध्यक्षमा १०४ पालिकामा जितेको छ।  

सत्तारुढ गठबन्धन भित्रको अर्को दल माओवादी केन्द्रले ७७ पालिकामा मेयर/अध्यक्ष र ७९ पालिकामा उपमेयर/उपाध्यक्ष पदमा जित हासिल गरेको छ।  

यसैगरी सत्तारुढ गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले ५ पालिकामा मेयर÷अध्यक्ष र ११ पालिकामा उपमेयर/उपाध्यक्षमा जित हात पारेको छ।

मतगणना भइरहेका पालिकाहरुमा पनि दुवै पदमा कांग्रेस र एमालेकै अग्रता देखिन्छ। नेपाली कांग्रेसले १५३ पालिकामा मेयर/अध्यक्ष र १३२ पालिकामा उपमेयर/उपाध्यक्ष पदमा अग्रता लिइरहेको छ। एमालेले ९३ पालिकामा मेयर/अध्यक्ष र ११९ पालिकामा उपमेयर/उपाध्यक्ष पदमा अग्रता लिइरहेको छ।

यसैगरी माओवादी केन्द्रले मेयर/अध्यक्ष पदमा ३९ पालिकामा र उपमेयर/उपाध्यक्ष पदमा ४७ स्थानमा अग्रता लिइरहेको छ।  

यसैगरी एकीकृत समाजवादीले मेयर/अध्यक्ष पदमा १४ पालिकामा र उपमेयर/उपाध्यक्ष पदमा ११ स्थानमा अग्रता लिइरहेको छ।  

जनता समाजवादी पार्टी (जसपा)ले मेयर/अध्यक्ष पदमा ३ वटा पालिकामा जित हात पार्न सफल भएको छ। तर उपमेयर/उपाध्यक्ष पदमा ४ पालिकामा जितेको छ। जसपाले प्रमुख पदमा ३१ पालिकामा र उपप्रमुख पदमा २५ पालिकामा अग्रता लिइरहेको छ।  

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रमुख र उपप्रमुख दुवै पदमा अहिलेसम्म कुनैपनि पालिकामा जित हात पारेको छैन। तर प्रमुखमा ११ र उपप्रमुखमा १० पालिकामा अग्रता लिइरहेको छ।  

यसैगरी प्रमुख र उपप्रमुखमा जित्ने अन्य दल र उम्मेदवारहरु पनि छन्। अन्य दलले प्रमुख पदमा ९ पालिकामा र उपप्रमुख पदमा पनि ५ पालिकामा जित हात पारेका छन भने २१ पालिकामा प्रमुख पदमा र १२ पालिकामा उपप्रमुख पदमा अग्रता लिइरहेका छन्।

Loading...